मेलम्चीमा भीषण बाढी र पहिरो, कयौँ बेपत्ता

काठमाडौं, २ असार ।  सिन्धुपाल्चोकको मेलम्चीमा भीषण बाढी र पहिरोले ठाउँ ठाउँमा क्षति पुर्‍याएको छ ।

मंगलबार साँझ आएको बाढीले जिल्लाका कतिपय ठाउँमा विद्युत् र खानेपानी अवरुद्ध भएको छ ।

प्रहरीले मेलम्ची खानेपानीको मुहानभन्दा ९ किलोमिटर माथि हेलम्बु–१ स्थित नाकोटे भन्ने ठाउँमा पहिरो गएको जनाएको छ ।

हेलम्बुको तिम्बु बजारका कतिपय घरहरु बगाएको छ । प्रहरीले एक दर्जनभन्दा बढी हराएको अनुमान गरेको छ । क्षतिको आकलन अझै गरिसकिएको छैन । बाढी र पहिरोले मेलम्ची बजार जोखिममा परेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति