जेष्ठ सदस्यलाई कुनै पनि बहानामा खोपबाट बञ्चित नगर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं, १ असार ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले ज्येष्ठ नागरिकलाई न्यायोचित ढंगबाट जेष्ठ सदस्यहरुलाई विशेष पहलमा खोप लगाउने प्रतिबद्धता व्यक्त गरेकीछन् । मन्त्री चौधरीले जेष्ठ सदस्यलाई कुनै पनि बहानामा खोपबाट बञ्चित नगर्न समेत निर्देशन दिइन । १६ औं ज्येष्ठ नागरिक दुव्र्यवहार विरुद्धको विश्व चेतना दिवसको अवसरमा मन्त्री चौधरीले शुभकामना व्यक्त गर्दै यस्तो आग्रह गरेकि हुन । ‘ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई राज्यले उचित ठाउमा सदुपयोग गर्दै उनीहरुको जीवनलाई सहज बनाउने राज्यको प्रमुख दायित्व रहेको मन्त्री चौधरीले भनाई छ । सरकारको सीमित स्रोत र साधनलाई अधिकतम् उपयोग गरी राज्यको हरेक तहमा ज्येष्ठ नागरिकलाई सहभागी गरेर ज्येष्ठ नागरिकलाई सुखी सम्मानीत एवं सुरक्षित रहने बातावरण तर्फ विभिन्न नीति नियमको तर्जुमा गरी प्रभावकारी रूपमा कार्यान्वयन गराउनेतर्फ मन्त्री चौधरीले ध्यान दिने बताइन । उनले हाल कोभिड–१९ को दोस्रो महामारीबाट विश्वनै आक्रान्त भएको अवस्थामा, यस रोगबाट बच्न स्वास्थ्य सुरक्षाका उपायहरू अबलम्बन गरी स्वस्थ रहन सबै ज्येष्ठ नागरिक समक्ष अनुरोध समेत गरिन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति