२४ घण्टामा ५ हजारभन्दा धेरै सङ्क्रमणमुक्त, २ हजार ९ सय १८ जनामा कोरोना पुष्टि

काठमाडौं, ३१ जेठ । पछिल्लो २४ घण्टामा नेपालमा पाँच हजार एक ४७ जना कोरोना भाइरसको सङक्रमणबाट मुक्त भएका छन् । आज निको भएकासँगै नेपालमा कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या पाँच लाख ३६ हजार दुई सय ५२ पुगेको छ ।

अहिले नेपालमा कोरोना सङ्क्रमण निको हुने दर ८७ दशमलव ८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा दुई हजार नौ सय १८ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । नौ हजार चार सय ३८ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार ४९ र पाँच हजार तीन सय ८१ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा आठ सय ६९ जनामा सङक्रमण पुष्टि भएको छ ।

अहिलेसम्म नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६ लाख १० हजार पाँच सय २१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट प्राप्त विवरणसहित ५३ जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या आठ हजार चार सय ६५ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति