कांग्रेसको महाविधेशन भदौमा नै हुन्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउंदो भदौमा पार्टीको चौधौं महाधिवेशन गर्न प्रतिबद्धता जनाएका छन् ।

बुधवार विज्ञप्ति जारी गर्दै सभापति देउवाले आउंदो भदौमा पार्टीको चौधौँ महाधिवेशन हुने र त्यसमा आफू प्रतिबद्ध रहेको जानकारी गराए । पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान भएको भन्दै देउवाले पार्टीले जीवन्तताका लागि महायज्ञ हो भन्ने कुरा आफूले राम्रोसंग बुझेको बताए । महाधिवेशनको विषयलाई लिएर विभिन्न कुरा उठेको भन्दै उनले पार्टीको महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित बनाउने वा कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी पटक–पटक आउने गरेका अभिव्यक्ति स्वीकार्य नहुने पनि बताए ।

पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्य मिलेर सम्पन्न गर्ने काम भएको भन्दै उनले यसका लागि सबै जिम्मेवार हुनुपर्ने बताए । असार र साउन महिनाभर महाधिवेशनका लागि सबै पूर्वतयारी गर्नुपर्ने भन्दै उनले पार्टीको क्रियाशील सदस्यताको व्यवस्थापन, वडादेखि प्रदेश तहसम्मका अधिवेशनको तयारीलगायत महाधिवेशनका सबै काम सक्नुपर्ने भन्दै सभापति देउवाले यसका लागि निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति गठन भइ काम भइरहेको जानकारी दिए ।

कांग्रेसको १३ औं महाधिवेशन भएको चार बर्ष पुरा भई संविधान बमोजिम थप्न मिल्ने एक बर्षको अवधि पनि आगामी भदौमै पुरा हुदैछ । यसैले कांग्रेसलाई महामारीकै बीचमा भएपनि महाधिवेशन गर्नुपर्ने संवैधानिक बाध्यता छ । यसैबीच, उनले सरकारले नागरिकको स्वास्थ्यका बारेमा समयमा गम्भीर भई इमानदारीपूर्वक काम नगरेका कारण यो अवस्था सिर्जना भएको र यसमा सरकार पूर्ण रूपले दोषी रहेको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति