अमेरिकामा अनौठो अफर : खोप लगाउनुहोस्, एक खिल्ली गाँजा निःशुल्क पाउनुहोस्


एजेन्सि/ आफ्नो राज्यका धेरैभन्दा धेरै जनसंख्यालाई खोपका लागि आकर्षित गर्न अमेरिकाको वासिङ्टन राज्यले अनौठो योजना अघि सारेको छ । वासिङ्टनमा कोभिड–१९ को खोप लगाउन आउने वयस्कहरुले एक खिल्ली गाँजा निःशुल्क प्राप्त गर्ने छन् ।राज्यको लिक्वर एन्ड क्यानेबिस बोर्डले सोमबार ‘जोइन्टस् फर ज्याब’ –खोपको बदला गाँजा योजना तत्काल लागू हुने र जुलाई १२ सम्म जारी रहने घोषणा गरेको थियो । बोर्डले खोपको पहिलो डोज वा दोस्रो डोज लगाउने २१ वर्ष वा सोभन्दा माथिका वयस्कलाई खोप लाएको बदलामा तयार गरिएको गाँजाको एक खिल्ली निःशुल्क दिन बिक्रेताहरूलाई भनेको छ । यस्तो अनौठो अफर ल्याउने वासिङ्टन पहिलो राज्य भने होइन । एरिजोनामा पनि खोप लगाएवापत गाँजा दिने अफर ल्याइएको थियो । हालसम्म वासिङ्टनमा ५८ प्रतिशत जनाले कम्तिमा एक डोज खोप लगाएका छन् भने ४९ प्रतिशतले दुवै डोज लगाएका छन्

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board