पार्टी विभाजनका लागि कम्युनिष्टविरोधी शक्तिहरु लागे – सोमप्रसाद पाण्डे, एमालेका केन्द्रीय समिती सदस्य


नेकपा एमालेमा पछिल्लो समय सिर्जित पार्टीको आनतरिक अवस्था र आगामी रणनीतिका सन्दर्भमा एमाले नेता सोमप्रसाद पाण्डेसँग गरिएको कुराकानीमा आधारितः

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट पार्टी एकताका लागि वक्तव्य सार्वजनिक भएको छ । यससँगै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा थप मतभिन्नता उत्पन्न भएको छ । नेकपा एमाले नेता सोमप्रसाद पाण्डेले भने आफू पार्टी विभाजनको पक्षमै नरहेको नरहेको बताएका छन् । वैशाख २७ गते पार्टी अध्यक्ष ओलीले प्रधानमन्त्रीको लागि विश्वासको मत नदिएका पाण्डेले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रसँगको एलाइन्समा पनि नेता नेपाललाई प्रधानमन्त्रीमा अघि सार्ने कुरामा सरकार गठनका लागि आफूले हस्ताक्षर गरेको पनि बताएका छन् ।
तर पार्टी एकताकै लागि दबाब स्वरुप आफूले पार्टीको ह्विप् विपरीत् काम गरेको नेता पाण्डेले बताएका छन् । पार्टी अध्यक्ष ओली र नेपालबीचको झण्डै ४७ वर्ष लामो सहकार्य विसर्जन हुने अवस्थामा पुगेमा देशको कम्युनिष्ट आन्दोलन नै खतरामा पर्ने उनले देखेका छन् । देशमा काँग्रेस र कम्युनिष्ट गरी २ ठूला शक्तिहरु छन्, यी शक्तिहरु नै कमजोर भएमा देशको भविष्य अन्धकारतर्फ धकेलिने उनी बताउछन् । विगतको झण्डै ५० वर्षमा नेता नेपालले ओलीलाई अगाडि ल्याउन महत्वपूर्ण भूमिका खेलेको र तात्कालीन अवस्थामा पार्टी अध्यक्ष झलनाथ खनाल हुदा ओलीले पनि नेपाललाई निकै सहयोग गरेको पाण्डे स्मरण गर्छन् । तथापि, विगतदेखि नै पार्टी फुट्ने–फुट्ने भनेपनि ओली र नेपाल एकै ठाउँमा बसेर धेरै काम गरेको उनी बताउँछन् ।

नेकपा माओवादी केन्द्रसँग नेपाल पक्षले एकता गर्ने कुरा वा अन्य कुराहरु मनगढन्ते मात्र भएको उनको धारणा छ । देशमा यतिबेला पार्टी विभाजनका लागि कम्युनिष्ट विरोधी तत्वहरु लागिपरेका छन् तर यो कुरा नेताहरुले बुझिराख्नु भएको छैन । पहिला सरकार गठनका लागि पनि काँग्रेसले पहिला तपाइहरु वैधानिकरुपमा पार्टी फुटाउनुस् अनि आउनुस् भन्नुभएको होइन ? अहिलेको अवस्थामा कम्युनिष्ट पार्टीले मात्रै निकास दिन सक्छ तर यो कुरा नेताहरुले बुझिरहनुभएको छैन, उनले नेपाल पेजसँग बताएका छन् ।

विश्वको इतिहासलाई हेर्ने हो भने पनि एक पटक पछारिएको आन्दोलन फेरी नउठेको इतिहास पनि छ, त्यही अवस्था नेपालमा पनि आउन सक्छ । यस विषयमा पनि पार्टी अध्यक्ष ओली र नेता नेपाल लगायत सबै नेताहरुले बुझ्नुपर्छ । मैले प्रधानमन्त्री, राष्ट्रपति समक्ष पनि पार्टी एकताका लागि निरन्तर आग्रह गर्दै आएको छु । यता पनि भीम रावलबाहेक अन्य सबैसँग मैले अनुरोध गर्दै आएको छु । अब अहिले जोस्सिएर चुनावमा जो वातावरण पनि छैन । यो अवस्थामा नेताहरुले अलिकति हारेर भएपनि देशको कम्युनिष्ट आन्दोलनले जित्नुपर्छ पाण्डेले बताएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board