विश्वरभर८६ हजारभन्दा बढी कोरोना संक्रमितको अवस्था गम्भीर: यस्तो संक्रमितको विवरण

काठमाडौं,२५ जेठ । विश्वमा कोरोना भाइरसबाट सङ्क्रमित बनेकामध्ये ८६ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

सङ्क्रमण पुष्टि भएपछि उपचाररत एक करोड २७ लाख २१ हजार आठ सय ५७ जनामध्ये ८६ हजार पाँच सय ९४ जनाको अवस्था अत्यन्तै चिन्ताजनक रहेको हो । गम्भीर अवस्थाका सङ्क्रमितको उपचार जारी छ ।

विश्वमा अवस्था गम्भीर रहेका सङ्क्रमितको सङ्ख्या कम हुँदै गइरहेको छ । यसअघि स्वास्थ्य अवस्था निक्कै खराब हुने सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी हुन्थ्यो ।

विश्वमा सङ्क्रमण पुष्टि भएकामध्ये १५ करोड ७८ लाख ८४ हजार एक सय ६४ जना उपचारपछि निको भएर कोरोनामुक्त बनिसकेका छन् । हालसम्म विश्वभर १७ करोड ४३ लाख ५७ हजार चार सय २८ जनामा कोरोना पुष्टि भइसकेको छ ।

पछिल्लो २४ घण्टामा तीन लाख दुई हजार चार सय ५२ जना नयाँ बिरामी थपिए । कोरोनाको सङ्क्रमण देखिएकामध्ये हालसम्म ३७ लाख ५१ हजार चार सय सात जनाको मृत्यु भइसकेको छ ।

एकै दिन विश्वमा सात हजार चार सय ६७ जनाको मृत्यु भयो । विश्वमा नयाँ थपिने र मृत्यु हुने सङ्क्रमितको सङ्ख्या कम हुँदै गइरहेको छ ।

यसअघि दैनिक सातभन्दा बढी सङ्क्रमित विश्वमा थपिने गरेका थिए । एक दिनमा १४ हजारभन्दा बढी सङ्क्रमितको मृत्यु हुने गरेको थियो ।

सङ्क्रमित सङ्ख्याको हिसाबमा कोरोनाका कारण विश्वमै सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा पाँच हजार दुई सय ४३ जनाको अवस्था गम्भीर छ । ५४ लाख ३७ हजार पाँच सय ९७ जनाको उपचार भइरहेको छ ।

सङ्क्रमण पुष्टि भएकामध्ये दुई करोड ८१ लाख ७४ हजार ९९ जना उपचारपछि निको भएका छन् । अमेरिकामा एकै दिन नौ हजार सात सय ६६ जनामा कोरोना पुष्टि भयो ।

सङ्क्रमित सङ्ख्या तीन करोड ४२ लाख २४ हजार तीन सय १९ पुगेको छ । सङ्क्रमितमध्ये छ लाख १२ हजार छ सय २३ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा दुई सय ४० अमेरिकी नागरिकको मृत्यु कोरोनाका कारण भयो ।

छिमेकी मुलुक भारतमा आठ हजार नौ सय ४४ सङ्क्रमितको अवस्था गम्भीर छ । १३ लाख आठ हजार आठ सय छ जनाको उपचार भइरहेको छ ।

दुई करोड ७३ लाख ३६ हजार सात सय ९९ जना उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टामा ८७ हजार तीन सय ४५ जना नयाँ बिरामी भारतमा थपिए ।

सङ्क्रमित सङ्ख्या दुई करोड ८९ लाख ९६ हजार नौ सय ४९ पुगेको छ । सङ्क्रमितमध्ये तीन लाख ५१ हजार तीन सय ४४ जनाको मृत्यु भइसक्यो ।

एकै दिन दुई हजार एक सय १५ सङ्क्रमितको मृत्यु भयो । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

ब्राजिलमा उपचार गराइरहेकामध्ये आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ । ११ लाख एक हजार चार सय तीन जनाको उपचार जारी छ ।

एक करोड ५४ लाख आठ हजार चार सय एक जना उपचारपछि कोरोनामुक्त बनिसकेका छन् । एकै दिन ३७ हजार एक सय ५६ जना नयाँ बिरामी ब्राजिलमा थपिए ।

सङ्क्रमित सङ्ख्या एक करोड ६९ लाख ८४ हजार दुई सय १८ पुगेको छ । सङ्क्रमण देखिएकामध्ये चार लाख ७४ हजार चार सय १४ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा नौ सय १९ जनाको मृत्यु कोरोनाका कारण भयो । ब्राजिल कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board