खनाल नेपाल पक्षले बोलायो आकस्मिक बैठक

काठमाडौं । नेपाल एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षीले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ । आइतवार राति ओलीले ससर्त पार्टीलाई जेठ २ मा फर्काउने निर्णय लिएपछि खनाल–नेपाल पक्षले सोमबार बिहान ११ बजेलाई भर्चुअल बैठक बोलाएको हो ।

खनाल–नेपाल समूहकी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले ओलीको वक्तव्यबारे औपचारिक धारणा सार्वजनिक गर्ने बैठक बोलाएको जानकारी दिइन् । उनले भनिन्, औपचारिक छलफल गर्ने हो । केपी ओलीको वक्तव्यबाजी प्रक्रियाका एउटा सामूहिक वक्तव्य चाहियो । नभए यसबारे छलफल गर्नै जरुरी छैन ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले अदालतलाई प्रभावित पार्नेका लागि एकताको नाटक मञ्चन गरेको उनको भनाइ छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति