अध्यक्ष ओलीको आह्वान सकारात्मक – नेता भट्टराई

काठमाडौं, २३ जेठ ।  नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकताको लागि अध्यक्ष केपी शर्मा ओलीले गरेको आह्वान सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।माधव नेपाल पक्षमा रहेका नेता भट्टराईले कार्यदलको वार्तालाई अध्यक्ष ओलीको वक्तव्यले निरन्तरता दिन बाटो खोलेको भन्दै शर्ष नेतृत्वमा हुने सार्थक संवादले निष्कर्षमा पुग्न सघाउने बताएका छन् । भट्टराईले भनेका छन्– सर्बोच्चमा बिचाराधिन बिषयमा सबै संभावनालाई ख्याल गर्दै र मुलत संबिधानको रक्षा, लोकतान्त्रिक प्रकृयाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निश्कर्समा पुग्नु उपयुक्त हुनेछ । सारमा अध्यक्षको बक्तब्यले पार्टीकोशिर्ष नेत्रित्वका बिचमा सार्थक संबाद हुनेछ र नेकपा एमालेको एकतालाई अक्षुण राख्न मद्धत पुग्ने अपेक्षा गर्दछु । हजार माईलको यात्रा पहिलो पाईलाबाट नै शुरु हुन्छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति