कार्यकर्तालाई खनाल–नेपाल पक्षको अपिल–ओलीको चालबाजीपूर्ण वार्ताको भ्रममा नपर्नु (पूर्णपाठसहित)

काठमाडौं । नेकपा एमाले खनाल–नेपाल पक्षधरको बैठकले आफूहरुको माग पूरा गर्ने विश्वसनीय आधार नभए वार्ताका नाममा अल्झिनु नहुने निष्कर्ष निकालेको छ ।

यो यस्तो अवस्थामा संविधानको रक्षा र लोकतन्त्रका लागि बाध्य भएर वैकल्पिक बाटो अवलम्बन गर्नुपर्ने निष्कर्ष निकालेको हो । आफूपक्षीय केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकको निर्णयमा माधवकुमार नेपाल समूहले आफूहरुले अघि सारेका मागहरु निश्चित समयावधिमा विश्वसनीय पमा कार्यान्वयन हुने गरी सहमति सार्वजनिक भए मात्र अध्यक्ष केपी शर्मा ओली एकताको पक्षमा रहेको ठहरिने निष्कर्ष निकालेको छ । अन्यथा असंवैधानिक किसिमले प्रतिनिधिसभा विघटन गरी आम निर्वाचनको घोषणा गर्ने कार्यका विरुद्ध देशका प्रमुख राजनीतिक दलहरु कानुनी र राजनीतिक रुपमा संघर्षरत रहेको बताएको छ ।

अहिलेको स्थितिमा अनिश्चित, परिणामविहीन वार्ता र एकताको नाममा षड्यन्त्र र जालझेलमा अलमलिनु नहुने स्पष्ट पार्दै बैठकको निर्णयमा भनिएको छ । यस्तो स्थितिमा आफूहरु नेपालको संविधान, पार्टीको विधान र कम्युनिस्ट आन्दोलन र लोकतन्त्रको रक्षाका लागि बाध्य भए वैकल्पिक बाटो अवलम्बन गर्नुपर्ने नेपाल पक्षले चेतावनी समेत दिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति