आफूभन्दा जुनियरलाई उपप्रधानमन्त्री बनाएको भन्दै हृदयेश त्रिपाठीले गरे मन्त्री पद अस्वीकार

काठमाडौँ, २२ जेठ । पुनर्गठित मन्त्रिमण्डलमा सहभागी हुन हृदयेश त्रिपाठीले अस्वीकार गरेका छन् । उनले आफूभन्दा जुनियरहरूलाई उपप्रधानमन्त्री बनाएको भन्दै मन्त्री पद अस्वीकार गरेका हुन् । त्रिपाठी यसअघि स्वास्थ्यमन्त्री रहेका थिए । उनलाई मन्त्रीमा दोहोर्याउने ओलीको इच्छा भएपनि उपप्रधानमन्त्रीमा राजनीतिक रुपमा आफूभन्दा जुनियर राजेन्द्र महतो, रघुवीर महासेठ र विष्णु पौडेललाई वरियता क्रममा माथि राखिएकाले आफुले मन्त्री पद अस्वीकार गरेको बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board