नेपाल कम्युनिष्ट पार्टीको ७२ वर्ष लामो संघर्षको समयक्रमसँगै नेतृत्व गरेका नेकपा एमालेका नेताहरु माधवकुमार नेपाल र केपी शर्मा ओलीले आफ्नो व्यक्तिगत कुण्ठा बोकेर एमालेको गौरवपूर्ण इतिहास र उज्जवल भविष्यलाई अन्धकारतर्फ धकेल्दै गएको र आम वामपन्थी विचारधारा बोकेका नेता, कार्यकर्ता एवम् शुभचिन्तकहरुमा समेत नकरात्मक प्रभाव परेकोप्रति पुराना वामपन्थी नेताहरुले चिन्ता व्यक्त गर्दै आएका छन् । नेपालको वामपन्थी आन्दोलनबाट प्राप्त उपलब्धि आज विभाजन उन्मुख छ । वर्तमान अवस्थामा वामपन्थी विचार बोकेका विभिन्न दलहरुको सैद्धान्तिक एवम् वैचारिक मतभिन्नता नभएका कारण कम्युनिष्ट पार्टी र आन्दोलनलाई एकताबद्ध गर्दै समाजवाद उन्मुखको बाटोमा अघि बढ्न उनीहरुले सुझाव दिदै आएका छन् । यसै सन्दर्भमा पुराना वामपन्थी नेता लक्ष्मीभक्त उपाध्यायसँग गरिएको संवादको अंशः
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालसँग २००८ सालदेखि पार्टीमा आबद्ध भएका नेता लक्ष्मीभक्त उपाध्यायले अहिलेका प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भन्नुभएको थियो रे – तपाइहरुको पार्टीमा हामी आएको होइन, मेरो पार्टीमा तपाइहरु आउनुभएको हो । तात्कालीन राजा महेन्द्रले पुष्पलाल र लक्ष्मीभक्तहरु बनारसमै रहदा सरकार चलाउन निमन्त्रणा गरेका थिए तर राजा महेन्द्रले राजनीति नगर π भन्ने शर्त राखेका थिए त्यसको जवाफमा हामीहरुले हामीलाई पहिला राजनीति चाहिन्छ, हामी भेडा होइनौं बिक्रि हुनलाई भनेर यही शब्द फर्काएका रहेछन् । त्यो बेला कम्युनिष्ट पार्टीको केन्द्रीय कार्य समितीमा १५ जना थिए, १५ जनालाई नै मन्त्री दिने कुरा पनि भएको रहेछ र पुष्पलाललाई प्रधानमन्त्री । तर यो प्रस्ताव पुष्पलाल र लक्ष्मीभक्तहरुले अस्विकार गरेका रहेछन् ।

नै दृष्टान्तलाई सम्झदै उपाध्यय भन्छन्, अहिले पार्टीमा हार्दिकता, श्रद्धा र आत्मियता हराउदै गएको छ । केपी ओली र माधव नेपालबीच र नेता–नेताहरुबीचमा बोलचाल छैनभन्दा उपाध्यायलाई दुख लागेको छ । हात मिलाउदा पनि मुन्टो सिधा नहेर्ने रे, ओली र नेपालबीच पनि बोलचाल छैन भन्ने सुन्छु, यस्तो त, पहिला–पहिला कुखुरा चोरहरुले गथ्र्यो । बैठकको गोपनीयता भन्ने छैन । बैठकमा के –के हुन्छ, बाहिरकालाई पहिले नै सबै थाहा हुन्छ । आज केही छैन गोपनीयता । यी नेताहरु मनपरी बोल्छन् । भित्र मिटिङमा के हुन्छ सबै कुरा बाहिरकालाई थाहा हुन्छ । जान्दैनन्,राजनीति गर्न, उपाध्याय असन्तुष्ट पोख्छन् ।

अब केपी ओली नवौं महाधिवेशनबाट जितेर आएको, संसदीय दलको चुनावमा पनि जितेको, सबैले उनैलाई नै नेता बनाएर पठाए । झलनाथ खनालको व्यक्तित्व पनि मान्छुु, कुनै किताब एकै दिनमा पढेर भ्याउनु क्षमता र व्यक्तित्व छ उहाँको । तर माधव नेपालको व्यक्तित्वले चाही म त्यति प्रभावित छैन, उपाध्याय बताउँछन् । अब पार्टी विभाजन नै भयो भने माधव नेपाल, पुष्पकमल दाहाल प्रचण्ड र झलनाथ खनाल एकपक्षमा जान्छन् र केपी ओलीको पक्षमा एमालेहरु जालान् ।
अहिलेको परिस्थितीमा उपाध्यायले ओली र माधवलाई सुझाव दिदै भनेका छन्, – ओली र नेपाल अहिलेको अवस्थामा मिल्नुपर्छ अनिमात्र कम्युनिष्ट आन्दोलन अघि बढ्छ । भाषण गर्न पायो भने बुरुक–बुरुक उफ्रन्छन्, एकले –अर्कालाई जे पनि बोल्छन्, यस्तो गर्न भएन । उपाध्यायले वर्तमान परिस्थितीमा कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुलाई सुझाव दिएका छन् ।
प्रतिक्रिया