विश्वकप छनोट : नेपालले चाइनिज ताइपेईलाई दुई गोलले हरायो

काठमाडौं, २१ जेठ । फिफा विश्वकप फुटबल छनोट प्रतियोगिता अन्तर्गत नेपालले गएराति भएको खेलमा चाइनिज ताइपेईलाई हराएको छ । कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २– ० गोलले हराएको हो । नेपालका लागि खेलको चौथो मिनेटमा अञ्जन विष्टले पेनाल्टीमार्फत गोल गरे ।ताइपेईका खेलाडीले बल हातले छोएपछि नेपालले पेनाल्टी पाएको थियो । अर्को गोल ८१ औं मिनेटमा नवयुग श्रेष्ठले गरे । नवयुग परिवर्तित खेलाडीको रुपमा ६९ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । हिजोको जितसँगै नेपालले विश्वकप छनोटका दुवै खेलमा चाइनिज ताइपेईलाई हराउन सफल भएको छ । यसअघि उसकै घरेलु मैदानमा नेपालले २–० गोलले नै हराएको थियो ।तालिकामा नेपालको ६ अङ्क भए पनि विश्वकप छनोट खेल्ने सम्भावना लगभग सकिएको छ । तर एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने सम्भावना कायमै छ । यस्तै चाइनिज ताइपेई अङ्कविहीन रहेको छ । नेपाल रहेको समूह (बी) मा अष्ट्रेलिया ४ खेलमा १२ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । नेपालले आउँदो सोमवार जोर्डनसँग र २८ गते अष्ट्रेलियासँग खेल्दैछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board