कोरोनाबाट ज्यान गुमाएका परिवारलाई २५ हजार किरिया खर्च दिने

नुवाकोट । नुवाकोटको ककनी गाउँपालिकाले कोरोनाबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई किरिया खर्च वापत् रु २५ हजार र सङ्क्रमितलाई रु पाँच हजार उपलब्ध गराएका छन् । गाउँ कार्यपालिकाको बुधबारको बैठकले कोरोना रोगबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई स्थानीय सरकारको तर्फबाट किरिया खर्च वापत रु २५ हजार दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले जानकारी दिएका छन् ।

ककनी गापामा पछिल्लो एक साताको अवधिमा कोरोना रोगबाट तीन जनाको निधन भएको र सङ्क्रमितको दर अनपेक्षित रुपमा बढेसगैँ रोकथामका लागि आवश्यक सबै कदम चाल्न लागिएको उपाध्यक्ष सीता खतिवडाले बताए । गाउँपालिकाले ३१ श्ययाको कोभिड–१९ अस्थायी अस्पताल सञ्चालन गरेर चौबिसैघण्टा चिकित्सकसहितको जनशक्ति र अक्सिजनसहितको स्वास्थ्य उपचार सेवाको प्रबन्ध मिलाएको छ ।

काठमाडौँ उपत्यकाको फोहोर बिसर्जन प्रभावित क्षेत्रका बासिन्दाको काठमाडौ महानगरपालिका मार्फत परीक्षण गराएका कारण ककनीभित्रै बसोबास गर्ने तीन सयभन्दा बढीलाई सङ्क्रमण देखिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । हाल पालिकामा सङ्क्रमितको सङ्ख्या ७३ छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति