विश्वभर ३७ लाख संक्रमितको मृत्यु, १५ करोड ५२ लाख निको

काठमाडौं , २० जेठ । विश्वमा महामारीको रुप लिएको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३७ लाख नाघेको छ ।

विश्वभर दैनिक १० हजार हाराहारीमा सङ्क्रमितको मृत्यु भइरहँदा कोरोनाकै कारण मृत्युवरण गर्नेको सङ्ख्या ३७ लाखबाट उकालो लागेको हो । पछिल्लो २४ घण्टामा विश्वभर १० हजार एक सय ७६ जनाको कोरोनाका कारण मृत्यु भयो । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ३७ लाख पाँच हजार एक सय ९६ पुगेको छ ।

विश्वमा एकै दिन चार लाख ६८ हजार एक सय ७९ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या १७ करोड २३ लाख ८५ हजार छ सय पुगेको छ । सङ्क्रमितमध्ये १५ करोड ५२ लाख २९ हजार सात सय ५३ जना उपचारपछि निको भएका छन् ।

एक करोड ३४ लाख ५० हजार छ सय ५१ जनाको उपचार भइरहेको छ । उपचाररतमध्ये ९० हजार एक सय ६२ जनाको अवस्था गम्भीर छ । विश्वमा दैनिक सङ्क्रमण पुष्टि हुने र कोरोनाकै कारण मृत्यु हुनेको सङ्ख्या कम हुँदै गइरहेको छ ।

सङ्क्रमित सङ्ख्याको हिसाबले कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा एकै दिन चार सय ५६ जनाको मृत्यु भयो । हालसम्म छ लाख १० हाजर नौ सय ४६ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार पाँच सय ५४ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या तीन करोड ४१ लाख ५० हजार नौ सय ४० पुगेको छ ।

दुई करोड ७९ लाख ७८ हजार नौ सय नौ जना उपचारपछि निको हुँदै सामान्य जीवनमा फर्किएका छन् । ५५ लाख ६१ हजार ८५ जनाको उपचार जारी रहेकोमा पाँच हजार नौ सय २१ जनाको अवस्था चिन्ताजनक छ ।

छिमेकी मुलुक भारतमा दैनिक थपिने र मृत्यु हुने सङ्क्रमितको सङ्ख्या कम हुँदै गइरहेको छ । एकै दिन दुई हजार आठ सय ९९ जनाको मृत्यु भयो । हालसम्म कोरोनाकै कारण मृत्यु हुनेको सङ्ख्या तीन लाख ३८ हजार १३ पुगेको छ ।

२४ घण्टाभित्रमा एक लाख ३४ हजार एक सय पाँच जना नयाँ बिरामी थपिए । जम्मा सङ्क्रमित सङ्ख्या दुई करोड ८४ लाख ४० हजार नौ सय ८८ पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ६३ लाख ८२ हजार आठ सय ९७ जना उपचारपछि निको भएका छन् ।

१७ लाख २० हजार ७८ जना उपचाररत छन् । उपचार गराइरहेकामध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

ब्राजिलमा एकै दिन दुई हजार तीन सय ९४ जनाको मृत्यु भयो । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या चार लाख ६७ हजार सात सय छ पुगेको छ ।

२४ घण्टाभित्र ९४ हजार पाँच सय नौ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या एक करोड ६७ लाख २० हजार ८१ पुगेको छ । सङ्क्रमितमध्ये एक करोड ५१ लाख ६८ हजार तीन सय ३० जना उपचारपछि निको भएका छन् ।

१० लाख ८४ हजार ४५ जना उपचाररत छन् । उपचार गराइरहेकामध्ये आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board