कोभिडका बिरामीमा नाक पोल्ने समस्या पनि हुनसक्ने

काठमाडौं । कोभिड सङ्क्रमित व्यक्तिले नाक पोल्ने समस्या अनुभव गरिरहेका छन् ।

सार्स कोभ २ भाइरस नाकबाट पनि शरीरभित्र प्रवेश गर्न सक्छ । नाकमा पोल्ने अनुभव हुनु कोभिडको मुख्य लक्षण होइन । तर, धेरै कोभिड सङ्क्रमितहरूले नाक पोल्ने समस्या रिपोर्ट गरिरहेका छन् । क्लिनिकल अध्ययनका अनुसार कोभिडका बिरामीले नाक पोल्ने समस्या अनुभव हुनु एक सामान्य लक्षण हो, जुन साइनस ब्लक हुँदा वा नाक बन्द हुने समस्यासँग देखापर्न सक्छ ।

नाक पोल्ने समस्या सङ्क्रमण, न्याजल प्यसेज सुन्निँदा वा साइनस बन्द हुँदा हुनसक्छ । नाक पोल्दा नाक सुक्खा हुने, चिलाउने हुनसक्छ । नाकबाट उक्त समस्या फैलिएर घाँटी पोल्ने, नाकबाट पानी बग्ने, आँखाबाट पानी बग्ने, आँखा पोल्नेसमेत हुनसक्छ । नाक पोल्ने समस्या कुनै पनि ब्याक्टेरियल, फङ्गल वा अन्य भाइरल सङ्क्रमणका कारण पनि हुनसक्छ ।

नाक पोल्ने समस्या कोभिडको कम देखिने लक्षण हुनसक्छ । धेरैजसो अवस्थामा नाक पोल्ने लक्षण एकमात्र नभई अन्य नाकमा हुने समस्याका लक्षणसँगै देखिने हुन्छ । नाक बन्द हुने, नाकबाट पानी बग्ने, सुघ्ने समस्या हुने, सास फेर्न समस्या हुनु कोभिडमा देखिने अन्य नाकमा हुने समस्याका लक्षण हुन् ।

नाक पोल्ने समस्यासहित ज्वरो, शरीरको दुखाइ, थकान, खोकी, सास फेर्न गाह्रो हुने, गन्ध र स्वादमा परिवर्तन तुरून्त डाक्टरको परामर्श लिनुपर्ने हुन्छ । त्यस्तै, उत्परिवर्तन भएको भाइरसले आँखाबाट पानी बग्ने, मुख सुक्खा हुने, थकान, वाकवाकी, वान्ता, झाडापखाला, पेट दुखाइलगायत पेटसम्बन्धी समस्याका लक्षण देखिए सावधान भई आइसोलेसनमा बसेर एक पटक परीक्षण गराउनु जरुरी हुन्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board