पछिल्लो २४ घण्टामा ४,५२४ कोरोना भाइरस संक्रमित, १०१ को मृत्यु

काठमाडौँ १९ जेठ । पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ५ सय २४ जनामा कोरोना संक्रमण देखिएको छ । यही अवधिमा १ सय १ जना संक्रमितको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १३ हजार ८ सय ५ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको थियो ।

७ हजार २ सय १९ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म ५ लाख ७१ हजार १ सय ११ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै, ४ लाख ६१ हजार ५ सय ६३ जना निको भएका छन् । मृतकको संख्या ७ हजार ५ सय ५५ पुगेको छ ।

मुलुकभर हाल सक्रिय कोरोना भाइरस संक्रमितको संख्या १ लाख १ हजार ९९३ छ । तीमध्ये १ लाख १ हजार ९९३ जना आइसोलेसनमा र ८ सय ३७ जना क्‍वारेन्टाइनमा छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं ९६९,ललितपुरमा ३०६ र भक्तपुरमा १८१ गरी जम्मा १ हजार ४ सय ५६ जना सक्रिय संक्रमित थपिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति