कारबाहीको होडबाजी : भट्टराई–यादव पक्षले निष्कासन गरेलगत्तै ठाकुर पक्षले यादवलाई निकाल्यो

काठमाडौं, १८ जेठ । जनता समाजवादी पार्टी (जसपा) मा एक पक्षले अर्को पक्षलाई कारबाही गर्ने होडबाजी चलेको छ। जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई पार्टीबाट निश्कासन गरेलगत्तै यादव कारबाहीमा परेका छन्।

यादवलाई ठाकुर पक्षले कारबाही गरेको हो। भट्टराई-यादव पक्षले कार्यकारिणी समिति बैठक बोलाएर ठाकुर र महतोसहित नेताहरु सर्वेन्द्र नाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई ‍पार्टीबाट निश्कासन गरेको छ। भट्टराई-यादव पक्षले कारबाहीको पत्र आयोगमा पठाइसकेको समेत जनाएको छ।आफूहरूमाथि कारबाही गरेलगत्तै ठाकुर(महतो पक्षले पनि यादवलाई पार्टीबाट निश्कासन गरेको छ।

सरकार गठन प्रक्रियालाई लिएर जसपा विभाजनको संघारमा पुगेको हो।जसपाको ठाकुर–महतो पक्षले वर्तमान सरकरलाई साथ दिएको छ। यो समूह केपी ओली नेतृत्वको सरकारमा जाने अन्तिम तयारीमा छ। तर भट्टराई–यादव पक्ष भने ओलालाई हटाउने पक्षमा छन्। जसपाको कार्यकारिणी समितिमा भट्टराई(यादव पक्षको बहुमत छ भने विघटित प्रतिनिधि सभामा ठाकुरण् महतोको बहुमत छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति