काठमाडौं, १४ जेठ। नेपाल युवा उद्यमी मञ्चको अध्यक्षमा उदीप श्रेष्ठ चयन भएका छन् । शुक्रबार भएको १७ औं बार्षिक साधारण सभाबाट श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका हुन । उनिसगै ११ सदस्य कार्य समिति पनि बनेको छ ।
मञ्चको प्रथम उपाध्यक्षमा रितेश लामिछाने, द्वितिय उपाध्यक्षमा साहारा जोशी, महिला उपाध्यक्षमा निभिता प्रधान, च्याप्टरतर्फको उपाध्यक्षमा सुमोद मान शैजु, बाह्य मामिला तथा सम्बन्धको प्रमुखमा कौशल सुन्दर श्रेष्ठ, रिचा श्रेष्ठ, पवित्रा गौतम सुदिप गिरी, कृष्ण सापकोटा सदस्यमा चयन भएका हुन । यस अघिसम्म मञ्चको अध्यक्षमा प्रकाशदेव पालिखे रहेका थिए ।
अध्यक्षको कार्यकाल २ वर्षको रहने छ भने सरकारले युवा उद्यमीलाई प्रवद्र्धन गर्न नीतिगत तहमा धेरै काम गर्नुपर्ने छ । अध्यक्षमा सर्वसम्मतरुपमा चयन भएका श्रेष्ठले सरकारसँग मिलेर युवा उद्यमीलाई प्रोत्साहन गर्ने गरिने बताए । पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक श्रेष्ठले युवा उद्यमीको प्रवद्र्धन गर्न आफू अहोरात्र खटिने समेत बताएका छन् ।
प्रतिक्रिया