पछिल्लो २४ घण्टामा ८ हजार ३८७ मा कोरोना संक्रमण पुष्टि, ६ हजार ४०४ जना निको

काठमाडौँ, ११ जेठ । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ३८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ । यस्तै ६ हजार ४०४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ४ लाख ४ हजार ८८७ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २६१ पुगेको छ । क्वारेन्टाइनमा ९१४ जना रहेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप १६९ जनाको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ७०० पुगेको छ । मंगलबारसम्म २९ लाख ५८ हजार ६२० पीसीआर नमुनाको परीक्षण भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति