विपक्षी गठबन्धनका सांसद सर्वोच्च अदालतमा


काठमाडौं, १० जेठ । विपक्षी गठबन्धनका बहुमत सांसद सर्वोच्च अदालत पुगेका छन् । उनीहरु संसद विघटनको विरुद्ध र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको मागसहितको रिट दर्ता गर्न सर्वोच्च पुगेका हुन् । देउवाका पक्षमा १४५ भन्दा बढि सांसदले हस्ताक्षर गरेका छन् ।

आइतबार नै अदालतमा रिट दर्ताको तयारी गरिए पनि सबै आवश्यक कागजातसहितको विवरण तयार पार्न ढिलाइ भएकाले आज रिट पेस गर्ने तयारी गरिएको हो।

रिट दायर गर्नका लागि नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधवकुमार नेपाल समूह तथा राष्ट्रिय जनमोर्चाका सांसदहरुको हस्ताक्षर संकलन गरिएको थियो। सांसदहरुलाई हस्ताक्षरका लागि अदालती फर्म्याट उपलब्ध गराइएको थियो।

कांग्रेस सांसद डिला संग्रौलाले संविधानको ७६ ९५० अनुसार प्रधानमन्त्रीको दाबी गर्ने व्यक्तिको समर्थन दलको आधारमा नभई वैयक्तिक अधिकार भएकाले व्यक्तिरव्यक्तिको प्रमाणहरु पेस गर्न लागिएको जानकारी दिइन्।

शुक्रबार १४९ सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवाले दाबी गरेका थिए।

प्रधानमन्त्री केपी ओली पक्षबाट अर्को दाबी पनि आएकाले दुवैलाई राष्ट्रपतिले अस्वीकृत गर्दै निर्वाचनको मिति घोषणा गरेकी थिइन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति