माधव नेपालबारे ओलीले गरे यस्तो टिप्पणी

काठमाडौं, ९ जेठ ।  नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपालले डुब्लिकेट पार्टी खोलेर छद्म खेल खेलेको आरोप लगाएका छन्।

प्रेस चौतारी निकट पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले आफ्नै दलका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी खोलेर आफैविरूद्ध लागेको आरोप लगाएका छन्।उनले नेपालसहित उनीपक्षीय नेताहरुमाथि कारबाही हुनेसमेत बताए।

‘उहाँहरुसँग स्पष्टीकरण माग गरिएको छ, त्यसलाई हेर्र्छौं र अविलम्ब कारबाही गर्छौं,’ उनले भने,‘ अति नै भयो अब कारबाही हुन्छ। माधव नेपालको नेतृत्वमा निर्लज्जता प्रदर्शन भयो।’

नेपालले कार्यकर्तालाई गलत क्रियाकलापमा डुबाउने, फसाउने र बागी उठाउने गरेको आरोपसमेत लगाए ।

नेपालले लाजमर्दो तरिकाले वरिष्ठ नेता भन्दै शितलनिवास पुगेको टिप्पणी गरे। उनले सच्चिएर आउनेलाई भने सँगै लिएर जान तयार भएको उल्लेख गरे। ‘गल्ती महसुस गर्ने साथीहरुलाई फेरि साथै लिएर अगाडि जान तयार छौं । यो उहाँहरुको हातमा छ । भीरबाटै खस्ने हो भने त हाम्रो के लाग्छरु,’ उनले भने। ओलीले नेपालले निर्लज्जताको सीमा नाघेकोसमेत आरोप लगाएका छन्। ‘यो निलज्जता माधव नेपालको नेतृत्वमा प्रदर्शन भयो, यस्तो दुनियाँमा रेकर्ड छैन,’ उनले भने।

‘बस्न मन छैन भने इमान देखाउँछन् । म एमालेको वरिष्ठ नेता भनेर सही गरेर लाजमर्दो गरी जाँदैन । एमालेका नेताविरुद्ध विपक्षी पक्षमा हस्ताक्षर गरेर म एमालेको वरिष्ठ भनेर ङिच्च दाँत देखाएर बस्ने .यति निर्लज्जता दुनियाँमा कहीं देखिएको छैन।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति