संसद् विघटनविरुद्ध विपक्षी सांसदहरुको रिट आज दर्ता नहुने, भोलि मात्र अदालत जाने

काठमाडौं, ९ जेठ ।  संसद् विघटनविरुद्ध विपक्षी सांसदहरुको रिट आज दर्ता नहुने भएको छ। सर्वोच्च अदालतमा ३ बजेसम्ममा रिट दर्ता गर्नुपर्ने भए पनि आज नभ्याइएकोले भोलिमात्र रिट दर्ता गरिने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

रिट दायर गर्नका लागि नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधवकुमार नेपाल समूह तथा राष्ट्रिय जनमोर्चाका सांसदहरुको हस्ताक्षर संकलन गरिएको थियो। सांसदहरुलाई हस्ताक्षरका लागि अदालती फर्म्याट उपलब्ध गराइएको थियो। कांग्रेस सांसद डिला संग्रौलाले संविधानको ७६ (५) अनुसार प्रधानमन्त्रीको दाबी गर्ने व्यक्तिको समर्थन दलको आधारमा नभई वैयक्तिक अधिकार भएकाले व्यक्ति÷व्यक्तिको प्रमाणहरु पेस गर्न लागिएको जानकारी दिइन शुक्रबार १४९ सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवाले दाबी गरेका थिए।

प्रधानमन्त्री केपी ओली पक्षबाट अर्को दाबी पनि आएकाले दुवैलाई राष्ट्रपतिले अस्वीकृत गर्दै निर्वाचनको मिति घोषणा गरेकी थिईन शनिबार पाँच दलका शीर्ष नेताहरुको बैठकले प्रतितिनिधि सभा विघटन असंवैधानिक भएको निष्कर्ष निकाल्दै त्यसविरुद्ध १४९ जना सांसदलाई लिएर सर्वोच्च अदालत जाने निर्णय गरेको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति