भारतमा दैनिक संक्रमण दर घटे पनि मृतक संख्या उस्तै

काठमाडौँ, ८ जेठ । भारतमा संक्रमितको दैनिक वृद्धिमा केही कमी आए पनि मृतक संख्या भने घटेको छैन । लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख ५४ हजार ३९५ जनामा संक्रमण भएको छ ।

योसँगै भारतमा संक्रमितको संख्या २ करोड ६२ लाख ८५ हजार ८९ पुगेको छ ।यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो ।भारतमा दैनिक संक्रमितसँगै परीक्षण गरिएकामा कोरोना पोजेटिभ देखिने दर पनि घटेको छ ।मे ८ देखि १४ सम्ममा भारतमा परीक्षण गरिएकामध्ये १९.५ प्रतिशतलाई कोरोना देखिएको छ । त्योभन्दा अघिल्लो साता त्यो दर २२।४ प्रतिशत रहेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

मे ८ मा भारतभरि ३ लाख ९१ हजार नयाँ कोरोना संक्रमित थपिएका थिए भने शनिबार त्यो संख्या ३ लाख ५४ हजार थियो।संक्रमितको दर घटे पनि मृत्युदर भने उस्तै नै छ । अहिले पनि दैनिक औषत चार हजार संक्रमितको मृत्यु भइरहेको छ ।पछिल्लो २४ घण्टामा त्यहाँ ४ हजार१४३ जनाको मृत्यु भएको छ । पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमितको मृतक संख्या २ लाख ९५ हजार ५०८ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति