भारत जस्तै नेपालमा मनपरितन्त्र बढ्दै गएस“गै यसले आगामी दिनमा संकट निम्त्याउने खतरा

छिमेकी मुलुक भारतमा कोरोना भाईरस संक्रमितको संख्या दैनिक तीन लाखभन्दा बढी छ । नेपालमा दैनिक २५ सयभन्दा बढीको संख्यामा कोरोना संक्रमितदर बढ्दैछ । विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारी रोकथामका लागि विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्य प्रोटोकल अनिर्वायरुपमा पालना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । सरकारले २५ जनाभन्दा बढी भेला भई कुनैपनि भीडभाडजन्य कार्यक्रम नगर्न बताउ“दै आएको छ । तर, हजारौंको संख्यामा हुलहुज्जतको गतिविधि भने अतिप्रभावित भनिएको उपत्यकासहितका विभिन्न जिल्लामा जारी नै छ । छिमेकी मुलुक भारतम कोरोना महामारी नियन्त्रणबाहिर गईसकेको अवस्थामा नेपाल पनि देखिएको चरम् लापरवाहीले आगामी दिनमा ठूलो संकट आउनसक्ने चिन्ता स्वास्थ्यकर्मीहरुलाई बढेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति