पाकिस्तानमा बस दुर्घटना, १३ जनाको मृत्यु



इस्लामाबाद, ६ जेठ – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको सुक्कुर जिल्लामा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा त्यसमा यात्रारत कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बिहीबार बिहानै भएको उक्त दुर्घटनामा अरु ३० जनाभन्दा बढी घाइते भएका छन् ।
पञ्जाब प्रान्तको मुल्तानबाट सिन्धको राजधानी कराँची शहरतर्फ गइरहेको बस दुर्घटनाग्रस्त भएको सुक्कुरका वरिष्ट प्रहरी अधिकृत इर्फान सामोले जानकारी दिनुभयो ।
उक्त दुर्घटनाका बारेमा अनुसन्धान जारी रहेको बताइए पनि घुमाउरो राजमार्गमा चालकले तिब्र गतिमा बस दौडाएको प्रत्यक्षदर्शीको भनाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले समाचार दिएका छन् ।
घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ । रोहरी क्षेत्रको अस्पतालका प्रमुख पर्भेज अख्तरले छ जनाको घटनास्थलमै मृत्यु भएको र अन्यको अस्पतालमा उपचारका क्रममा ज्यान गएको जानकारी दिनुभयो ।
अख्तरले छ जनाको अवस्था निकै जटिल अवस्थामा रहेको बताउनुभयो । मृतक र घाइतेहरु सबै मुल्तानका रहेका छन् ।(सिन्ह्वा)
––

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति