कपिलवस्तुमा माओवादी नेतामाथि गोली प्रहार

काठमाडौं । नेकपा माओवादी केन्द्रका कपिलवस्तु जिल्ला कमिटी सदस्य दीपक पाण्डेमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ ।

गोली लागेर पाण्डेसहित दुई जना घाइते भएका कपिलवस्तुका डीएसपी धर्मराज भण्डारीले जानकारी दिनुभयो । पाण्डेको पेट र बायांतिरको कम्मरको हड्डीमा दुई वटा गोली लागेको छ भने पाण्डेसंगै मोटरसाइकलमा रहेका २६ वर्षका भारतीय नागरिक इयाज अख्तर मुसलमानको पाखुरामा गोली लागेको छ ।तौलिहवातर्फ गइरहेको बेला पाण्डेलाई एउटा मोटरसाइकलमा आएका तीन जनाको समूहले मोटरसाइकल रोकेर गोली हानेको प्रहरीले जनाएको छ । घाइतेहरुको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति