काठमाडौँ, ५ जेठ । बुधबार बिहान लमजुङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर ५।८ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का लमजुङका छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्कीलगायत काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो । भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी आएको छैन ।
लमजुङ केन्द्रबिन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प गयो
प्रतिक्रिया