२५ सय अक्सिजन सिलिण्डर तातोपानी आइपुग्यो, आजै काठमाडौं ल्याइदैं

काठमाडौं, ३ जेठ ।  तातोपानी नाकाबाट सोमबार दिउँसो १२ बजे अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री भित्रिएका छन् ।

नेपालमा अक्सिजनको अभाव भएपछि तातोपानी नाकाबाट २५ सय सिलिन्डर अक्सिजन नेपाल आइपुगेको छ। १० लिटर क्षमताको ती सिलिन्डर नेपा हिमा ट्रेड लिङ्कले आयात गरेको हो।

‘हालै भित्रिएका चार कन्टेनरमध्ये दुई कन्टेनरमा स्याउ र अन्यमा खाली सिलिन्डर छन्, अरु कति आउँदै छ त्यो आएपछि थाहा हुनेछ,’ सीमास्थित ‘बीओपी’का सशस्त्र प्रहरी निरीक्षक केशवकुमार श्रेष्ठले भने । अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्डअनुसार कन्टेनर नेपाल भित्र्याइएको उनको भनाइ छ ।

तातोपानी भन्सार कार्यालयका अनुसार ती सामाग्री आयातकर्ताले आजै काठमाडौं पुर्‍याउनेछन्। स्वास्थ्य सामग्री क्युमा पनि नराखिने र राजस्व पनि नलाग्ने भएकोले छिट्टै नै भन्सार प्रक्रिया पूरा गरेर पठाईने भन्सार कार्यालयले जनाएको छ। ‘तातोपानी नाकाबाट आज पहिलोपटक अक्सिजन सिलिन्डर नेपाल प्रवेश गरेको हो’ तातोपानी भन्सारका प्रमख भन्सार अधिकृत नारद गौतमले भने, ‘यसबाट नेपालमा फैलिएको कोरोना महामारीमा परेका जनताको स्वास्थ्य उपचारमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।‘

कुल ७५ सय सिलिन्डर खरिद गरिएकोमा २५ सय सिलिन्डर आइसकेको र ५ हजार सिलिन्डर खासामा आइपुगेको सिल्क ट्रान्सपोर्टले जनाएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति