७७ मध्ये ७४ जिल्लामा निषेधाज्ञा

काठमाडौं । देशभरका ७४ जिल्लामा निषेधाज्ञा लागू भएको छ ।
मनाङ, खोटाङ र तेह्रथुमबाहेक अरु जिल्लामा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ । ७० जिल्लामा पूर्ण र ४ जिल्लामा आंशिक निषेधाज्ञा छ । मुस्ताङ, सप्तरी, धनकुटा र ताप्लेजुङमा आंशिक तथा अरु जिल्लामा पूर्ण निषेधाज्ञा लागू भएको हो ।

काभ्रेमा दोस्रोपटक म्याद थप गरी निषेधाज्ञा लम्बिएको छ । गएराति १२ बजेदेखि आउँदो जेठ १२ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ । यसअघि दुई राजमार्ग र मुख्य सडकखण्डको दायां बांया र बजार क्षेत्रमा मात्रै लागू हुने गरी निषेधाज्ञा गरिएकोमा आजदेखि जिल्लाभरि नै लागू भएको हो ।

कोरोना सङ्क्रमण फैलँदो क्रममा रहेकाले स्थानीय प्रशासनले निषेधाज्ञा थप गर्दै नियन्त्रणको प्रयास गर्दैछन् । निषेधाज्ञाका कारण सङ्क्रमण दर क्रमशः घट्दो क्रममा रहेको र निको हुने दर वृद्धि भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति