शक्तिशाली ‘ताउते’ चक्रवात आज गुजरातमा बज्रिने, त्रासमा सर्वसाधरण

काठमाडौं । भारतीय मौसम विभाग (आईएमडी) ले अबर सागरमा बनेको शक्तिशमाली चक्रवात ‘ताउते’ आज सांझसम्म गुजरातमा बज्रिने अनुमान गरेका छन् । त्यसपछि त्यो भोलि बिहानै पोरबन्दरबाट महुवाको हुदै गुजरात पार गर्ने विभागको अनुमान छ । यस क्रममा गुजरातका तटीय जिल्ल पोरबन्दर, जुनागढ, गिर, सोमनाथ, अमरेलीमा १ मिटरदेखि ३ मिटरसम्म छाल उठ्न सक्ने भारतीय मौसमविद्ले अनुमान गरेका छन् । गुजरातका मुख्यमन्त्री विजय रूपाणीले उच्च स्तरीय बैठकमा चक्रवातविरुद्ध तयारी गरे ।

उनले चक्रवातको प्रभाव पर्न सक्ने जिल्लाका करिब १५ सय अस्पतालबाट अक्सिजन र भेन्टिलेटर चािहने कोरोना संक्रमितलाई नजिकैका जिल्लामा सार्न निर्देशन दिए । महाराष्ट्रका मुम्बई, उत्तरी कोंकण, ठाणे र पालघरमा आज सोमबार ठूलो वर्षा हुने सम्भावना छ । पुणेस्थित जलवायु शोध एवं सेवा संस्थानका प्रमुख केए होसालिलारले ट्विटरमार्फत चक्रवात आज अपराह्नतिर मुम्बईको तटीय क्षेत्रबाट करिब २ सय किलोमिटर टाढाबाट जाने सम्भावना रहको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति