विराटनगर र बाँकेमा थप १७ जना कोरोना संक्रमितको मृत्यु


काठमाडौं, २ जेठ । विराटनगर र बाँके जिल्लामा १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरमा ९ बाँकेमा ८ जनाको मृत्यु भएको हो । विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्र, नोबेल अस्पताल र विराट मेडिकल शिक्षण अस्पतालमा शनिबार रातिदेखि आइतबार बिहानसम्म ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरस्थित कोसी अस्पतालमा रहेको कोभिड–१९ उपचार केन्द्र विराटनगर–१ की ३४ वर्षीया महिला, विराटनगर–१४ का ६८ वर्षीय पुरुष, सुनवर्षी–३ का ५३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको उपचार केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीले जानकारी दिए । यस्तै, विराटनगर महानगर–४ का ५२ वर्षीय पुरुष, सुन्दरहरैंचा–९ की ६० वर्षीया महिला, सिरहाको सिरहा नगरपालिका–६ का ६२ वर्षीय पुरुष र सिरहा–७ का ६९ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । यस्तै, इलामको इलाम नगरपालिका–८ का ३४ वर्षीय पुरुष र सर्लाहीको लालबन्दी–१ की ३५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको विराट मेडिकलका कोभिड अस्पताल इन्चार्ज डा।सुनील देव जानकारी दिए ।

यसैवीच बाँकेमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । योसंगै जिल्लामा कोरोनाबाट दुई सय ३५ जनाको मृत्यु भएको छ । बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा एक सय ८३ जनाको मृत्यु भइसकेको छ । बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार मृतकमध्ये बाँके र बर्दियाका ३र३ जना र रोल्पा र कैलालीका एकरएकजना रहेका छन् । नेपालगन्ज उपमहानगरपालिका-१९ का ६० वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । वैशाख २८ गते पीसीआर गरिएका उनलाई जेठ १ गते भर्ना गरिएको थियो ।भेरी अस्पतालमै कोहलपुर नगरपालिका-१५ का ६७ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख ३१ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । राप्तिसोनारी गाउँपालिका २ बाँकेकी ५२ वर्षीय महिलाको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ ।

जेठ १ गते एन्टिजेन परीक्षण गरिएको उनलाई त्यही दिन कोहलपुरमा भर्ना गरीएको थियो । बर्दिया मधुवन नगरपालिका–९ का ७१ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । वैशाख २५ गते पीसीआर गरिएका उनलाई २९ गते भर्ना गरिएको थियो । बर्दिया बढैयाताल गाउँपालिका–१ का ५० वर्षीय पुरुषको भेरी अस्पतालमै मृत्यु भएको छ । वैशाख २७ गते पीसीआर गरिएका उनलाई ३० गते भर्ना गरिएको थियो । यसैगरी बर्दिया बढैयाताल गाउँपालिका–२ का ८७ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । वैशाख २८ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो ।

यस्तै, कैलाली गौरीगंगा गाउँपालिका–४ का ५२ वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । वैशाख १६ गते कैलालीमा पीसीआर गरिएका उनलाई २३ गते भर्ना गरिएको थियो ।रोल्पा रुम्टीगढीका ३५ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । वैशाख २५ गते दाङमा पीसीआर गरिएका उनलाई २९ गते भेरीमा भर्ना गरिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति