११ देशका लागि राजदूत सिफारिस

काठमाडौं १ जेठ । परराष्ट्र मन्त्रालयले दक्षिण कोरिया, श्रीलंका, अस्ट्रेलिया, अस्ट्रिया, इजिप्ट, रुस, म्यान्मार, बहराइन, ब्राजिल, डेनमार्क र साउदी अरेबियाका लागि नयाँ राजदूत सिफारिस छ ।

दक्षिण कोरिया र श्रीलंका ३ वर्षदेखि राजदूतविहीन थिए भने अस्ट्रेलियाका राजदूतलाई कार्यकाल पूरा नहुँदै एक साताअघि मात्रै फिर्ता बोलाएको थियो।

परराष्ट्र मन्त्रालयका अनुसार दक्षिण कोरियाका लागि त्रिभुवन विश्वविद्यालय (कीर्तिपुर) मा राजनीतिशास्त्र विभागका पूर्वप्रमुख कृष्णचन्द्र शर्मा, अस्ट्रेलियाका लागि बाल कल्याणकारी संस्था सिविन नेपालकी कार्यकारी संयोजक तथा सिविनका संस्थापक गौरी प्रधानकी श्रीमित सुम्निमा तुलाधर, श्रीलंकाका लागि तत्कालीन विराटनगर नगरपालिकाका पूर्वमेयर तथा महेन्द्र मोरङ क्याम्पसका राजनीतिशास्त्रका पूर्वप्राध्यापक रमेशचन्द्र पौडेल राजदूतमा सिफारिस भएका छन्।

यसैगरी अस्ट्रियाका लागि परराष्ट्रका सहसचिव निर्मलराज काफ्ले र इजिप्टका लागि जीवनप्रकाश श्रेष्ठ राजदूतमा सिफारिस भएका छन्।

यसैगरी रुसका लागि रुसी भाषा विज्ञ तथा काठमाडौं विश्वविद्यालयमा प्राध्यापनरत जंगबहादुर (जंगब) चौहान, म्यान्मारका लागि पुराना कम्युनिष्ट नेता नारायणप्रसाद संग्रौला र बहराइनका पूर्वमन्त्री तथा एमाले नेता युवराज कार्की राजदूतमा सिफारिस भएका छन्।

ब्राजिलका लागि पाल्पाका पूर्व सांसद कुलप्रसाद नेपाल, डेनमार्कका लागि सुमित्रा सुवेदी र साउदी अरेबियाका लागि मेराज मुसलमान राजदूतमा सिफारिस भएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति