सपथ ग्रहणमा राष्ट्रपतिमाथि प्रधानमन्त्रीको “टेक ओभर” सामाजिक संजालमा टिप्पणी

काठमाडौं, ३१ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका रुपमा सपथ लिँदा राष्ट्रपति विद्यादेवी भण्डारीसँग गरेको व्यवहार अर्मयादीत सुनियो। संसदमा विश्वासको गुमाएका कामचलाउ बनेका ओलीले आज फेरि राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ लिएका हुन्।
राष्ट्रपति भण्डारीले सपथको तय ढाँचा वाचन गर्दै ओलीलाई पद तथा गोपनीयताको बाचा गराउँदै थिइन्। त्यसैक्रममा भण्डारीले मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु………भन्दै थिइन्। त्यत्तिकैमा उनलाई ओलीले रोके।
प्रधानमन्त्रीको सपथ लिइरहेका ओलीले मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठ पूर्वकु सम्ममात्रै भने। प्रतिज्ञा गर्छु चाहिँ भनेनन्।
ओलीले सपथको वाक्य पूरा नभनेपछि राष्ट्रपति भण्डारीले प्रतिज्ञा गर्छु भन्न इसारा गरिन्। तर, ओलीले त्यो पर्दैन भनेर टार्दिए। राष्ट्रपतिले जे भन्न इसारा गरेकी थिइन्, त्यो कुनै विवादास्पद विषय थिएन। राष्ट्रपतिको पदीय मर्यादालाई त्यो पर्दैन भन्दै थिए ।
यता, राज्यमन्त्रीहरुलाई सपथ गराउँदा भने ओलीले सपथको तय ढाँचा जस्ताको त्यस्तै पढे र सपथ गराए। ओलीले मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठ पूर्वक काम गर्ने प्रतिज्ञा राज्यमन्त्रीहरुलाई चाहिँ गर्न लगाए। त्यहाँ चाहिँ स्केप गरेनन्। मन्त्रीहरुले पनि ओलीले जस्तै त्यो पर्दैन पनि भनेनन्। अहिले उनको शैलीलाई लिएर सामाजिक संजालमा टिप्पणी सुरु भइसकेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति