प्रधानमन्त्रीका लागि दाबी पेस नभएको राष्ट्रपति कार्यालयद्वारा जानकारी

काठमाडौं, ३० बैशाख । राष्ट्रपति कार्यालयले नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनको लागि आफ्नो दाबी पेस गर्न आह्वान भएकोमा उक्त समयावधिभित्र कसैको पनि दाबी पेस हुन नआएको जनाएको छ । बिहीबार(आज) साँझ ९ बजेर २१ मिनेटमा एक सूचना जारी गर्दै कार्यालयले भनेको छ ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाका सदस्यलाई मिति २०७८/१/३० गते बिहीबारका दिन साँझको ९:०० बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनको लागि आफ्नो दाबी पेस गर्न आह्वान भएकोमा उक्त समयावधिभित्र कसैको पनि दाबी पेस हुन नआएको ब्यहोरा अनुरोध छ ।’यससँगै अब संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सबै भन्दा ठुलो दल नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुने भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति