यस्तो सहमति गर्दै प्रधानमन्त्री ओली र नेता नेपालबीच बैठक सम्पन्न

काठमाडौ, ३० वैशाख ।नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्तापछि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले तत्कालका लागि आफूहरूको राजीनामा टरेको बताएका छन् । उनले भने, ‘राजीनामा दुईरचार दिनलाई टर्‍यो, कार्यदल बन्छ ।’

अध्यक्ष ओलीसँग झण्डै चार घण्टा छलफल गरेपछि नेता माधवकुमार नेपालले राजीनामाको कुरा केही दिनलाई टरेको बताएका हुन् । ‘हामी दुईजना बीच कुराकानी हुँदा पार्टी भित्रकै विषयमा छलफल भए । छलफलमा फागुन २८ को निर्णय फिर्ता गर्ने र सर्वोच्चको फैसलाअनुसार जेठ २ गतेको अवस्थामा फर्कने बारेमा कुरा भएको छ । छलफल जारी छ’ नेता नेपालको भनाई छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति