कोरोनाबाट टीकापुर अस्पतालमा पाँचको मृत्यु

कैलाली । कैलालीको टीकापुर अस्पतालमा उपचारका क्रममा आज थप पाँच जनाको ज्यान गएको छ । अस्पतालका मेसु डा रेमकुमार राईका अनुसार टीकापुर नगरपालिका–१ की ५१ वर्षीया महिला, टीकापुर–७ की ६० वर्षीया महिला र ७ कै ६७ वर्षीय पुरुषको निधन भएको छ । त्यस्तै जानकी गाउँपालिका–१ का ५८ वर्षीय र बर्दगोरिया गाउँपालिका–४ का ४५ वर्षीय पुरुषको समेत उपचारका क्रममा ज्यान गएको छ ।

उनीहरु सबैलाई कोरोनाको लक्षण देखिएको मेसु डा राईले जानकारी दिए । उनका अनुसार सबैमा श्वासप्रश्वास र फोक्सोमा समस्या देखिनाका साथै अक्सिजनको मात्रा कम हुँदै गएको थियो । उनीहरुमध्ये कतिपयको कोरोना पोजेटिभ रिपोर्ट आएको र कतिपयको आएको छैन । अस्पतालमा बिरामीको चाप अत्यधिक बढेकाले उपचार गर्न कठिनाइ भइरहेको मेसु डा राईले बताए । उनका अनुसार अस्पतालका बरण्डामा राखेर पनि बिरामीको उपचार भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति