देउवालाई भेट्न जसपा नेता ठाकुर र महतो बुढानिलकण्ठमा

काठमाडौँ, २६ वैशाख ।  जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठस्थित निवासमा पुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले भोलि सदनमा लिने विश्वासको मतको समर्थन जुटाउन ठाकुर महतो समेतलाई लिएर बूढानीलकण्ठ पुगेको जसपाका एक नेताले बताए । अध्यक्ष ठाकुर प्रधानमन्त्री ओलीको विश्वास मतको पक्षमा रहेका छन् ।

तर जसपा नेपालका बहुमत सांसदहरु भने प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने पक्षमा छन । प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने विषयमा जसपामा दुई धार देखिएको छ । जसपा नेपालका अर्का अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री ओलीको विपक्षमा छन् ।

प्रधानमन्त्री ओलीलाई विश्वासको मत प्राप्त नहुने अवस्था आए जसपा नेपालका अध्यक्ष ठाकुर पक्ष तटस्थ बस्ने सोंच बनाएको बताइएको छ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले नै विश्वासको मत प्राप्त नहुने अवस्था आए जसपा नेपाल तटस्थ बस्दा नै राम्रो हुने सुझाव दिएको एक वरिष्ठ नेताले बताए ।

यस्तो अवस्थामा तटस्थ बस्नका लागि महन्थ ठाकुर पक्षका नेताहरुले उपेन्द्र यादवलाई पनि दबाब दिइरहेका छन् ।

यसअघि अध्यक्ष उपेन्द्र यादवले पनि देउवासँग छलफल गरिसकेका छन् । सभापति देउवाले प्रधानमन्त्री ओलीलाई समर्थन नगर्ने भनिसकेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति