मन्त्रालय भन्छ : ‘हाललाई ५० लाख डोज खोप खरिद गर्न सम्भव छैन’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५० लाख खोप खरिद हाललाई सम्भव नभएको स्पष्ट पारेको छ ।मन्त्रालयले सेराम इन्स्टिच्युटसंग नेपालले ५० लाख खोप खरिद हाललाई सम्भव नभएको रुपष्ट पार्दै खरिद गरेको १० लाख डोज भने क्षमता विस्तार भएपछि दिने कम्पनीले जनाएको बताइएको छ । मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले शुक्रबार जारी गरेको विज्ञप्तिमा नेपालले खरिद गरेर आउन बांकी १० लाख जोड आपूर्तिलाई प्राथमिकतामा राखेको जानकारी सेरमले दिएको बताए ।

कम्पनीले आगलागी हुनुका साथै क्षमता विस्तारमा अवरोध भएको भन्दै कम्पनीले क्षमता विस्तार हुने वित्तिकै आपूर्ति गर्ने जानकारी गराएको मन्त्रालयले जनाएको छ । थप ५० लाख मात्रा कोभिसिल्ड खोप खरिद गर्ने अवस्था हाललाई नभएको भन्दै मन्त्रालयले स्पष्ट पारेको हो । यता सरकारका नेतृत्वकर्ताले भने केही दिनमा ५० लाख डोज खोप नेपाल आउने बताएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति