भारतमा बिरामी बोकेर उडेको हवाईजहाजको पांग्रा खस्यो

काठमाडौ, २४ बैशाख । भारतमा बिहीबार राति उडिरहेको हवाईजहाजको पांग्रा खसेको छ। नागपुरबाट बिरामी बोकेर उडिरहेका बेला अचानक एउटा पांग्रा खसेको हो।

पांग्रा खसेपछि विमान मुम्बईमा सुरक्षित रूपमा आकस्मिक अवतरण गरिएको बीबीसीले जनाएको छ।
नागपुरबाट दुई चालक, एक बिरामी र उनका आफन्त लिएर उडेको एक बीचक्राप्ट जहाजको उड्नेबित्तिकै पांग्रा खसेको थियो।

त्यसपछि पाइलटले आफ्नो क्षमता प्रदर्शन गर्दै राति सवा ९ बजेतिर मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा विमान आकस्मिक अवतरण गराएका हुन्।
नागरिक उड्डयनमन्त्री हरदीप सिंह पुरीले त्यो जहाजको तस्बिरसहित ट्विट गरेर घटनाबारे जानकारी दिएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति