ओलीको प्रस्ताव देउवाले अस्वीकार गरे

काठमाडौं २१ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउले प्रधानमन्त्री ओलीले मिलेर अघि बढ्न राखेको प्रस्ताव अस्वीकार गरेका छन् । देउवा निवास बूढानीलकण्ठ पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले सहकार्यको प्रस्ताव राखेका थिए ।

प्रधानमन्त्री ओलीले सरकारलाई सघाउन गरेको प्रस्ताव कांग्रेसले अस्वीकार गरेको कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए ।वर्तमान सरकारलाई कांग्रेसले सघाउन नससकने जबाफ दिएको सहमहामन्त्री महतले बताए ।

वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका प्रधानमन्त्री ओलीले सहयोग गर्न आग्रह गर्दै सभापति देउवासहितका नेतासँग ्छलफल गरेका थिए ।

देउवासैंग छलफल गर्न उपप्रधानमन्त्री एवं ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र एमाले संसदीय दलका उपनेता समेत सुवास नेम्वाङ सहित ओली बूढानीलकण्ठ पुगेका थिए ।

मंगलवार सम्पन्न कांग्रेस पदाधिकारी बैठकले विश्वासको मत असफल गराउने निर्णय गरेको थियो । बुधबार मात्रै नेकपा माओवादी केन्द्रले समेत औपचारिक रुपमा समर्थन फिर्ता लिएको छ भने कुनै पनि बेला पार्टी भित्रकै माधव झलनाथ पक्षका सासदहरुले सामुहिक राजीनामा गर्ने तयारीसमेत गरेका छन् । यसबाट चतुर प्रधानमन्त्री अप्ठ्यारोमा पर्दै गएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति