लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीबाट शपथ

काठमाडौं । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले आज आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले नवनियुक्त तीन मन्त्रीलाई मुख्यमन्त्री शंकर पोखरेलका उपस्थितिमा शपथ गराका हुन् । मुख्यमन्त्री पोखरेलले मंगलबार नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम आइतबार गठन गरिएको मन्त्रिपरिषद्मा मंगलबार पुनर्गठन गरी कार्यविभाजन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद्मा तीन नयाँ मन्त्रीलाई थप गरिएको थियो ।

शपथ लिनेमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठ, आन्तरिक मामिला तथा कानूनमन्त्री चेतनारायण आचार्य र शिक्षा तथा सामाजिक विकासमन्त्री धर्मबहादुरलाल श्रीवास्तव रहेका छन् । नवगठित मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित नौ मन्त्री र एक राज्यमन्त्री छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति