धनगढीमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु

धनगढी, २२ बैशाख । धनगढीमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल र धनगढीकै एक निजी अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले सेती अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका– ८ बस्ने ५८ वर्षीय पुरुष र गौरी गंगानगरपालिका–१ बस्ने ३५ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको जानकारी दिनुभयो । कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका उनीहरुको उपचारकै क्रममा मृत्यु भएको जोशीले बताउनुभयो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति