खुला जेलबाट मुक्त गरिदिनु भएकोमा धन्यवाद राष्ट्रपतिज्यू : पदमुक्त प्रदेश प्रमुख शेरचन

पोखरा २१ वैशाख । गण्डकी प्रदेशका प्रदेश प्रमुख तथा पुराना बामपन्थी नेता अमिक शेरचनले आफूलाई प्रदेश प्रमुखबाट पदमुक्त गरिदिएकोमा राष्ट्रपतिलाई धन्यवाद दिएका छन् । शेरचनले आफू अव अधिकारविहीन खुला जेलबाट मुक्त भएको बताए ।

हिजो पदमुक्त भएको खबर मिडियाबाट थाह पाएपछि आज विहान पोखरामा पत्रकार सम्मेलन गर्दै शेरचनले भने ‘पदमुक्त भएकोमा मुरी–मुरी धन्यवाद छ राष्ट्रपति ज्यूलाई ।’

शेरचनले आफू कसरी प्रदेश प्रमुख प्रमुख भएको भन्ने बारेमा भने – पहिला ओलीजी र पुनः प्रचण्ड जीमार्फत् ओलीजीको प्रस्ताव मैले अस्वीकार गरेको पद थियो । पछि पार्टीको निर्णय भन्दै सुनाएपछि पार्टीकोअनुशासित कार्यकर्ताको नाताले बाध्य भई स्वीकारको पद हो यो । यो मेरो रुचिको पद नै थिएन । जे भएपनि अधिकारविहीन खुला जेलबाट पदमुक्त गरिदिनु भएकोमा पुनः धन्यवाद दिन चाहन्छु राष्ट्रपतिज्यूलाई ।’

सरकारले शेरचनलाई गण्डकी प्रदेशको प्रमुखबाट सोमबार हटाएको थियो ।उनको ठाउंमा एमाले नेता तथा प्रधानमन्त्री ओलीकी प्रशासन सल्लाहाकार सीता पौडेललाई नियुक्त गरिएको छ ।

प्रदेश प्रमुख भएर १८ महिना २ दिनसम्म काम गरेर्दा ससबैको सहयोग र सम्मान पाएको भन्दै शेरचनले सबैप्रति आभार प्रकट गरे।
हिजो सरकारले शेरचन संगै सुदुर परिश्चम प्रदेशप्रमु शर्मिला कुमारी पन्त (त्रिपाठी) लाई पनि पद मुक्त गरेको छ । त्रिपाठी जनयुद्धका क्रममा बेपत्ता पारिएका तत्कालीन अखिल क्रान्तिकाकारी नेता ज्ञानेन्द्र त्रिपाठीकी श्रीमति हुन् । अव ७ वटै प्रदेशमा एमाले समर्थक र प्रधानमन्त्री ओलीको रोजाईका प्रदेश प्रमुख नियुक्त भएका छन् ।

प्रेस वक्तव्यको पूर्ण पाठ

आदरणिय पत्रकार साथीहरु :


प्रदेश प्रमुखको पद ग्रहण गरेको आज १८महिना २ दिन पुगेछ । यस बिचमा मलाई साथी सम्झेर माया गर्ने सबै प्रती आभार प्रकट गर्दछु । कार्यालयका कर्मचारी सुरक्षामा कार्यरत सबै जवान र सचिवालयका सबै साथीहरु बाट सहयोग र सम्मान पायौँ । यहाहरुप्रती आभार व्यक्त गर्दछौँ ।

पदमुक्त भएकोमा अत्यन्तै खुशी छु । मुरी मुरी धन्यबाद छ राष्ट्रपतीज्यूलाई पहिला ओली जी र पुन प्रचण्डजी मार्फत ओली जीको प्रस्ताव मैले अस्विकार गरेको पद थियो । पछि पार्टीको निर्णय सुनाएपछि अनुशासीत कार्यकर्ताको नाताले बाध्य भै स्वकारेको पद हो यो । अधिकारवीहिन खुला जेलबाट मुक्त गरीदिनुभएको मा पनि धन्यबाद ।

म पदको लागी राजनीति गरेको व्यक्ती होइन । पूर्व राष्ट्रपती डा. रामवरण यादव को कार्यकाल समाप्ति पछि राष्ट्रपतीको लागी मलाई प्रस्ताव आयो । मैले अस्विकार  गरे । त्यस्तै ज्ञानेन्द«कालमा प्रधानमन्त्रीको प्रस्ताव आउँदा पनी ठाडै इनकार गरेको व्यक्ती हुँ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक कमरेड पुष्पलाल ,क.यज्ञदेव आले ,क.निर्मल आले र क.मोहन विक्रम सिहं जस्ता र्शिसस्थ नेताहरुको निकटमा रहेर सक्रीय राजनीतिक संर्घषमा आफ्नो जिवन समर्पीत गरे । पदका लागी कुनै प्रकारको र्बागेनीङ गरीन ।

सन्त नेता क.मनमोहन अधीकारीको निधन पछी एमाले पार्टीको अध्यक्ष पदमा आउन प्रस्ताव गर्दा पनी मैले स्वीकार गरीन । पद र सत्ताको लागी असम्बैधानीक पद्वती र अपच्य दृष्यहरु थोर्पाने पद जोगाउने व्यक्ती म होईन । नत पदकै लागी वैचारीक आस्था बम्बैको कोठीमा विक्री गर्ने व्यक्ती हुँ । म मास्कबाद ,लेनीनबाद र माओ बिचारधारामा अटल विश्वास राख्ने एक निष्ठावान पहरेदार नागरीक हुँ । श्रमजीवि सर्वहराजीविको इमान्दार साथी हुँ र वर्ग सघर्षमा जिवन समर्पीत गर्ने योद्वा कार्यकर्ता पनी हुँ ।

राष्ट्रीय अखण्डता र राष्ट्रीय स्वाभीमान माथी बारम्बार हस्तक्षेप र अतिकरण गर्ने भारतीय विस्तारवाद र स्रमाज्य विरुद्वको संघर्षहरु पञचायत कालदेखी गणतन्त्रकालसम्म राष्ट्रघाती र असमान सन्धी सम्झौता विरुद्धको संघर्षहरुमा मैले कुनै प्रकारका सडयन्त्र र गद्धारी गरेको छैन । नत अरबौं कमिशन र भ्रष्टचारमा डुवेको छु । बरु म मन्त्री हुँदा घुष खुवाउन खोज्ने डिजीलाई पदबाट वर्खास्त गरेको जिउंदो उदाहरण छ म सँग । भ्रष्टचार र कमिशनहरुको खेलमा दंगदंगी बनाउने आरोप लाग्दा पनि भ्रष्टचार शुन्यमा झार्छु भन्ने ध्वोंगी व्यक्ति पनि होइन म बरु बैदेशिक हस्तक्षेप सन्धी सम्झौता र भ्रष्टचार विरुद्धका संघर्षहरुमा चार वर्षजति जेलयाताना र हजारौं पटक गिरफ्तार र हिरासतमा थुनिएको व्यक्ति हुँ । संघर्षको दौरानमा तत्कालिन सरकारको तानासाही दमनबाट मेरो खुट्टा हात करड. र ढाड फुटेको छ भने गर्धन दुई टुक्रा हुँदा र पटक पटक कैयौं दिनसम्म वेहोस हुँदा पनि बैचारिक आस्थामा विचलन नभएको व्यक्ति हुँ, स्मरण रहोस कमरेड मदन भण्डारीको सुनियोजित हत्याको विरुद्ध संयुक्त आन्दोलन गर्दा प्रहरी दमनबाट मेरो गर्दन दुई टुक्रा भयो भने सत्र दिनपछि होसमा आएको थिएँ ।

आज देश कोभिडबाट आतंकीत र अक्रान्त बनेको छ । दैनिक मृत्युदर बढीरहेको छ, यस्तो अवस्थामा सम्पुर्ण राजनीतिक दलहरुको साझा सहमति र सहकार्यमा देशव्यापी सचेतना अभियान चलाई जनताको जिउ धनको रक्षा गर्नुपर्ने अहम बेलामा पार्टी पार्टी बीचको फुट, पद र सत्तालिप्साको खेलमा देशलाई चुर्लुम्म डुवाइएको छ ।

एकपटक सबैले निधार खुम्चाएर सोचौं, दैनिक सयौंको खुन बगिरहेको अवस्थाबाट घोर निरंकुश प्रतिगमनका विरुद्धका संघर्षमा तात्कालिन आन्दोलनकारी पार्टीहरुको बीचको सहकार्य र समझदारीबाटै सामन्तवादी सत्ताको अन्त्य र गणतन्त्र स्थापना गर्न सफल हुन सकेको हो ।

यस पदमा आएपछी मैले संवैधानीक मर्यादालाई पुर्ण पालना गरेको थिए । कुनैपनी पार्टी विशेषको प्रभाव र छाँयामा काम गरीन । सरकारले जे प्रस्ताव ल्यायो त्यसलाई संवैधानीक नियम अनुसार निर्णय गर्ने गरेर माननीय सांसदहरुबाट जे जे प्रस्ताव आए त्यसलाई पनि संवैधानीक नियम बमोजीम नै निर्णयतार्थ सम्पादन गरेको थिए । यसबाट कसैको लागी अप्रिय भएको भए त्यो संविधान हेरेर चित्त बुझाउन अनुरोध गर्दछु । अन्तमा : लोकतन्त्र संघियता धरापमा नपरोस यसका लागी पक्षधरताहरु बिचको सहकार्य र एकतामा अगी बढौँ मेरो हार्दीक अपील छ । 

अमिक शेरचन

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board