चीनमा पोषण सुधार कार्यक्रमबाट एक करोड १२ लाख बालबालिका लाभान्वित



बेइजिङ, २० बैशाख: चीनमा सञ्चालित पोषण सुधार कार्यक्रमबाट सन् २०२० को अन्त्यसम्ममा एक करोड १२ लाख बालबालिका लाभान्वित भएका छन् ।

चिनियाँ रोग नियन्त्रण एवं रोकथाम केन्द्रका अनुसार यस कार्यक्रमले देशका ८३२ वटा तुलनात्मक रुपमा कमजोर काउन्टीमा समेटेको थियो । यो कार्यक्रम सन् २०१२ देखि सञ्चालनमा छ ।

यस कार्यक्रम मार्फत् विषम गरिबीमा बाँचिरहेका परिवारका ६ देखि २४ महिनाका साना बालबच्चाका लागि निःशुल्क पोषण प्याकेजहरु बितरण गरिएको थियो ।

कार्यक्रम शुरु हुनुअघि यस क्षेत्रका ६ देखि २४ महिनाका बालबालिकाको रक्तअल्पता र पुड्कोपन क्रमशः १६.३ र ३.२ प्रतिशत रहेकामा हाल त्यसमा सुधार आई क्रमशः ५०.५ र ६८.३ प्रतिशतले घटेको छ ।(–सिन्ह्वा)
––

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board