कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना पुष्टि

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ। ज्वरो आएपछि उनले स्वाब परीक्षण गराएकोमा सोमबार बिहान रिपोर्ट पोजेटिभ आएको हो । शर्माले आइतबार स्टार अस्पतालमा स्वाब परीक्षणका लागि दिएका छन् ।

शर्माले डाक्टर अनुप बाँस्तोतासँग परामर्श गरी आफूले स्वास्थ्य लाभ गरिरहेको बताए । ‘डेरामै आइसोलेसनमा छु,’ उनले भने , ‘लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ।’ उनलेकोरोनाबाट बच्न सबै सजग र सचेत हुनुपर्ने पनि बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति