काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ। ज्वरो आएपछि उनले स्वाब परीक्षण गराएकोमा सोमबार बिहान रिपोर्ट पोजेटिभ आएको हो । शर्माले आइतबार स्टार अस्पतालमा स्वाब परीक्षणका लागि दिएका छन् ।
शर्माले डाक्टर अनुप बाँस्तोतासँग परामर्श गरी आफूले स्वास्थ्य लाभ गरिरहेको बताए । ‘डेरामै आइसोलेसनमा छु,’ उनले भने , ‘लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ।’ उनलेकोरोनाबाट बच्न सबै सजग र सचेत हुनुपर्ने पनि बताए ।
COMMENTS