कांग्रेसको पदाधिकारी बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ ।

देशको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसको बैठक
आज दिउंसो २ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक डाकेका थिए । बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । तर, वरिष्ठ नेता रामचन्द्र पौडेलको स्वास्थ्यमा सामान्य समस्या आएको जानकारी पछि देउवाले बैठक स्थगित गरेका हुन् ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने घोषणा गरेपछिको परिस्थितिबारे छलफलको मुद्दा बन्ने बताइएको थियो । बैठकमा विभिन्न प्रदेशमा उत्पन्न पछिल्ला घटनाबारे पनि समीक्षा हुने र बैठकमा पार्टीको आसन्न १४औं महाधिवेशनका विषयमा समेत छलफल हुने बताइएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति