विश्वका १३ करोड ७ लाखले जिते कोरोना, १५ करोड ३४ लाख ६९ हजारभन्दा बढीमा संक्रमण पुष्टि

काठमाडौं, २० बैशाख । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट १३ करोड ७ लाखभन्दा बढीले निको भएका छन् । विश्वभरको कोरोना भाइरससम्बन्धीको विवरण उपलब्ध गराउँदै आएको वर्डोमिटरका अनुसार सोमबार बिहानसम्म विश्वभरका १३ करोड ७ लाख ८८ हजारभन्दा बढीले कोरोना भाइरसको संक्रमण जितेका हुन् ।यो समाचार तयार पार्नेसमय सम्म १५ करोड ३४ लाख ६९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । तिमध्ये १३ करोडभन्दा बढी संक्रमण मुक्त भएका हुन् ।
हाल विश्वभर १ करोड ९४ लाखभन्दा बढी सक्रिय संक्रमित रहेकामा १ करोड ९३ लाखभन्दा बढीको स्वास्थ्य अवस्था सामान्य छ भने १ लाख ११ हजार गम्भीर छन् ।नेपालमै पनि हालसम्म २ लाख ८३ हजारभन्दा बढीले कोरोना भाइरसको संक्रमण जितेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म ३ लाख ३६ हजार ८ सय ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा १६ सय १२ जनाले संक्रमण जितेको मन्त्रालयले जनाएको छ । हिजो एकै दिन ७ हजार १ सय ३७ जनामा संक्रमण देखिएकामा २७ जनाको मृत्यु भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board