भारतमा कोरोना संक्रमितको संख्या झण्डै २ करोड , २४ घण्टामा ३ लाख ७० हजार संक्रमित थपिए (कुनदेशमा कति संक्रमित सूचिसहित)

काठमाडौं, २० बैशाख ।  भारतमा कोरोना संक्रमितको संख्या बढ्ने क्रम जारी छ । पछिल्लो २४ घण्टामा ३ लाख ७० हजार ५९ जना नयाँ कोरोना संक्रमित थपिएका छन । त्यस्तै मृत्यु दर पनि निकै उच्च देखिएको छ । कोरोनाका कारण पछिल्लो २४ घण्टामा ३ हजार ४२२ जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा कुल संक्रमितको संख्या १ करोड ९९ लाख १९ हजार ७१५ पुगेको छ ।त्यस्तै कुल मृतकको संख्या २ लाख १८ हजार ९४५ पुगेको छ । त्यहाँ अहिले पनि ३४ लाख १९ हजार ३२ जना सक्रिय संक्रमित रहेका छन ।त्यसैगरी कोरोना संक्रमणले अधिक प्रभावित मुलुक अमेरिकामा पछिल्लो २४ घण्टामा २९ हजार ६९९ जना नयाँ संक्रमित थपिएका छन ।जसअनुसार हालसम्म कुल संक्रमितको संख्या ३ करोड ३१ लाख ७९ हजार ४३९ पुगेको छ । त्यस्तै थप ३१२ जनाको मृत्यु भएको छ ।हालसम्म मृत्यु हुनेको कुल संख्या ५ लाख ९१ हजार ६२ पुगेको छ । त्यसैगरी ब्राजिलमा २८ हजार ९३५ जना नयाँ संक्रमित थपिएका छन । जसअनुसार हालसम्म त्यहाँ कुल संक्रमितको संख्या १ करोड ४७ लाख ५४ हजार ९१० जना पुगेको छ ।त्यस्तै थप १ हजार २२० जनाको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म मृत्यु हुनेको कुल संख्या ४ लाख ७ हजार ७७५ पुगेको वर्ल्डोमिटरले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति