मुख्यमन्त्री पोखरेलको सपथ रोक्न ४० सांसदले गरे लिखित माग

काठमाडौं, १९ बैशाख । आजै पदबाट राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेलको शपथ रोक्न माग गर्दै विपक्षी दलका सांसदले प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेट गरेका छन् । प्रतिपक्षी नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपाका सांसहरुले आफूहरुसँग ४० सांसदको हस्ताक्षर रहेको भन्दै शपथ रोक्न माग गरेका हुन् ।

हामीसँग ४० जना सांसदको हस्ताक्षर पुगिसकेको छ । शपथ रोक्नका लागि प्रदेशप्रमुखसँग भेट गरेका छौं, कांग्रेसका प्रमुख सचेतक फखरुदिन खानले भने । पोखरेललाई आजै शपथ गराउने तयारी भएको थियो । तर , नेकपाबाट निर्वाचित सांसद विमलाकुमारी खत्री माओवादीमा प्रवेश गरेपछि पोखरेलको एकल बहुमतको सरकार बनाउने योजना असफल भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति